लालबन्दीमा क्वारेन्टाइनमा राखिएका तीन जनाको कोरोना रिपोर्ट नेगेटिभ

790


जनार्जन खत्री/लालबन्दी – सर्लाहीको लालबन्दीस्थित प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा राखिएका तीन जनाको ¥यापिड डाइग्नोष्टिक टेष्ट रिपोर्ट नेगेटिभ आएको छ ।
बिहिवार तीनै जनामा आरडीटी किटमार्फत परीक्षण कोरोना भाईरस (कोभिड–१९) नरहेको पुष्टी भएको लालबन्दी नगरपालिकाको स्वास्थ्य शाखाका सह–संयोजक सुरेन्द्र खतिवडाले उज्यालो अभियान दैनिकलाई जानकारी दिए । उनका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रको क्वारेन्टाइनमा भारत, रौतहट र कपिलवस्तुबाट आएका तीन जनालाई राखिएको छ ।
लालबन्दी नगरपालिकाकै परवानीपुरमा भर्खरै वीरगञ्जबाट आएका अर्का एक जना भने होम क्वारेन्टाइनमा बसेका छन् । उनको पनि चिकित्सकले नियमित निगरानी गरिरहेका छन् । लालबन्दीमा क्वारेन्टाइनमा रहेका यि चारै जनाको स्वास्थ्य अवस्था अहिले सम्म सामान्य रहेको स्वास्थ्य शाखा सह–संयोजक खतिवडाले बताए ।
यस्तै लालबन्दीको डुमडुमेस्थित तरकारी बजारदेखि दक्षिणतर्फ भारतको हरिद्धारबाट आई जडिबुटीको व्यापार गर्ने दुई परिवारका १२ जनालाई केही दिनदेखि जनज्योति माध्यमिक विद्यालयमा ल्याएर सुरक्षितसँग राखिएको छ । लालबन्दी नगरपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दीमा ४० बेड तथा परवानीपुर र पत्थरकोट स्वास्थ्य केन्द्रमा पाँच÷पाँच बेडको गरी जम्मा ५० बेडको क्वारेन्टाइन तयार पारेको नगरप्रमुख मानबहादुर खड्काले बताए ।
यसैगरी जिल्लाका अन्य नगरपालिका तथा गाउँपालिकाहरुले पनि आ–आफ्नो पालिकाभित्र क्वारेन्टाइन निर्माण गरी भर्खरै भारत लगायत अन्य मुलुकबाट आएकाहरुलाई राखिरहेका छन् । जिल्लामा हालसम्म चन्द्रनगर, हरिपुर, कौडेना र लालबन्दीको क्वारेन्टाइनमा बसेका ६० जनाको ¥यापिड डाइग्नोष्टिक टेष्टमार्फत कोरोना परीक्षण गरिएको छ । ती सबैको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए । प्रजिअ जिसीका अनुसार बिहिवार नै हरिवनको क्वारेन्टाइनमा बसेकाहरुको पनि कोरोना परीक्षण गरिने र साँझसम्म रिपोर्ट आउने छ ।