प्रजिअले दिए स्थानीय तहलाई पीपीई सेट

316

मलंगवा – जिल्ला विपद् व्यवस्थापन समिति सर्लाहीले जिल्ला स्थित स्थानीय तहलाई पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) सेट प्रदान गरेको छ ।

जिल्लाभरका २० वटा स्थानीय तहका लागि विपद् व्यवस्थापन समितिको कोषबाट ५–५ वटा पीपीई सेट खरिद गरिएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी (प्रजिअ) मोहनबहादुर जिसीले जानकारी दिए । ‘धेरैजसो स्थानीय तहलाई हस्तान्तरण गरिसकेँ’, प्रजिअ जिसीले भने, ‘अब २–३ वटा पालिकालाई मात्र दिन बाँकी छ ।’

पीपीई अभावले पालिकाहरुबाट कोरोना भाईरस (कोभिड–१९) संक्रमण विरुद्ध चलाईने अभियानमा बाधा व्यवधान पुगेको देखिएकाले समितिको कोषबाट पीपीई सेट खरिद गरी वितरण गरिएको प्रजिअ जिसीले जानकारी दिए । प्रजिअ जिसीका अनुसार आज आईतबार मात्र हरिवन, लालबन्दी, बागमती, ईश्वरपुर, हरिपुर लगायत नगरपालिकालाई उक्त सामग्री प्रदान गरिएको छ । सेटमा गाउन, ग्लोब, मास्क, गमबुट सहित आवश्यक सामग्री रहेको जिसीले बताए ।