लकडाउन छिचाेल्दै भारतबाट लुकिछिपी सर्लाही छिर्ने ५३ जना पुगे, स्थानीयबासी त्रसित

1120

चन्द्रनगर – लकडाउन तोडेरै गाउँ आएका सर्लाही चन्द्रनगरका स्थानीयलाई क्वारेन्टाइनमा राखिएको छ । नेपाल र भारत दुवै देशमा लकडाउन चलिरहेकै बेला सीमा क्षेत्रमा ड्युुुुुटीमा खटिएका सुरक्षाकर्मीको आँखा छलेर गाउँ आइपुगेकाहरुलाई क्वारेन्टाइनमा राखिएको हो ।

जिल्लाको दक्षिण–पूर्वी भेगमा पर्ने चन्द्रनगरमा शनिबार बिहानसम्म ५३ जना भारतबाट हिँडेरै गाउँ आइपुगेको सूचना पाएको र क्रमैसँग सबैको खोजीगरी गाउँपालिकाले बनाएको क्वारेन्टाइनमा राख्ने काम गरिरहेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले जानकारी दिए । शुक्रवार बेलुकासम्म ४७ जना आएकोमा शनिवार बिहान ६ जना थपिएका हुन् ।
चन्द्रनगरसँगै ईश्वरपुर, हरिपुर, चक्रघट्टा र छिमेकी जिल्ला महोत्तरीको गौशालाका समेत केही मानिस सँगै आएका पाइएको गाउँपालिका अध्यक्ष महतोले बताए । उनले अझै केही मानिस कोभिड–१९ अर्थात कोरोना भाइरस फैलिरहेको भारततर्फबाट आइरहेको सूचना पाएपछि जोखिम बढ्नुका साथै यहाँ आएपछि कहाँ राख्ने भन्ने चिन्ता थपिएको बताए । लकडाउनकै बेेेेेलामा भारतकाेे काेराेना संक्रमित क्षेेत्रबाट मजदुरहरु गाउँँ भित्रियपछि स्थानीयबासी त्रसित भएकाे गापा अध्यक्ष महताेलेे गुनासाे गरे । अझै भारतमा काम गर्न गएका सयाैं मजदुर हिँँडेेर आईरहेकाे खबर पाएकाे अध्यक्ष महताे बताउँछन् ।

लुकिछिपी गाउँ आएकाहरुबाट कोरोना फैलन जोखिम हुने भएकाले क्वारेन्टाइनमा बसिदिन चिकित्सकले आग्रह गरिरहेका छन् । जिल्लाको खुला सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिएर गस्ती गरिरहे पनि उखु बारी, खेतको आली खोलाबाट मानिस आइरहेका हुन् । त्यसरी आउनेलाई रोक्न भारतीय अधिकारीसँग समन्वय भइरहेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए ।