कालिन्जोरका युवाले बाँडे मास्क र साबुन

सर्लाहीको उत्तर–पूर्वी भेगमा पर्ने ईश्वरपुर नगरपालिका–१२, कालिन्जोर घारिबथानका युवाले अति विपन्न बस्तीमा पुगेर साबुन र मास्क वितरण गरेका छन् ।

आफूहरुले कालिन्जोरको पिपलदमार, शीर फुलजोर, भित्रीखोला, गुइडुङ, सुकेपुर लगायतका स्थानमा पुगेर कालिन्जोर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी समेतको उपस्थितिमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सचेतना फैलाउँदै ३५०० थान मास्क र ३००० थान साबुन वितरण गरेको स्थानीय युवा प्रभाकर ढुंगेलले जानकारी दिए ।

उनीसँगै युवराज देवकोटा, सुरज ढुंगेल, विकल देवकोटा, सुवास खड्का, मनोज घिमिरे, प्रनिस बराल लगायतले गाउँका अति विपन्न, असहाय, मजदुर, अपाङ लगायत परिवारलाई सहयोग प्रदान गरेका हुन् ।