श्रीमानले चलाएको मोटरसाईकलबाट लडेर श्रीमति घाईते

428
सांकेतिक तस्बिर ।

नयाँरोड – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नयाँरोडमा मोटरसाईकलबाट लड्दा एक महिला गम्भिर घाईते भएकी छिन् ।
जनकपुरबाट वीरगंजतर्फ जाँदै गरेको ना. ४१ प ८२०० नम्बरको मोटरसाईकलबाट खस्दा पर्सा जिल्ला अन्तर्गत पोखरीया नगरपालिका–५ निवासी २३ वर्षीया निशा गुप्ता घाईते भएकी हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रहरी सहायक निरीक्षक ठाकुर भट्टराईका अनुसार मोटरसाईकल निशाका श्रीमान आसत रौनियारले चलाएका थिए । विहिबार बिहान सबा ६ बजे हरिवन नगरपालिका–९ स्थित नयाँरोड बजारदेखि पश्चिम लच्कामा दुर्घटना भएको हो ।
निदाएका कारण चलिरहेको मोटरसाईकल पछाडी सवार निशा लडेको ट्राफिक प्रहरीले जनाएको छ । टाउकोमा चोट लागेकी निशालाई उनकै श्रीमान आसतले हरिवन स्थित नमूना अस्पतालमा उपचार गराईरहेको र मोटरसाईकल एवं कागजपत्र नियन्त्रणमा लिईएको प्रसनि भट्टराईले जानकारी दिए । तत्काल घाईतेको उपचार गराउनु पर्ने भएकाले लकडाउन उल्लंघन लगायत उनीहरुको पेशागत पृष्ठभूमिका बारेमा सोधपुछ नगरिएको ट्राफिक प्रहरीले जनायो ।