लालबन्दी–१३ का जनप्रतिनिधि घर–घरमै पुगेर वडाबासीलाई मास्क र साबुन बाड्दै

355


कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्ने उद्देश्यले सर्लाहीको लालबन्दी नगरपालिका–१३, पत्थरकोटका जनप्रतिनिधिले घर–घरमै पुगेर मास्क तथा साबुन वितरण गर्न थालेका छन् ।
वडाध्यक्ष शिवकृष्ण बैध, वडा सदस्य मोहन राउत लगायतले वडावासीको घरमै पुगेर मास्क तथा साबुन वितरण गर्न थालेका हुन् । तत्कालका लागि वडाध्यक्ष र आफूले मास्क तथा साबुन जुटाएर वडावासीलाई वितरण गरिरहेको वडा सदस्य मोहन राउतले बताएका छन् ।
राउतका अनुसार भोलीसम्ममा सबै वडावासीको घरमा पुगेर झण्डै ३ हजार थान मास्क, ६०० थान साबुन वितरण गर्दै चोक–चौतारामा हात धूने व्यवस्था गरी स्थानीय वासिन्दालाई कोरोना भाइरसविरुद्ध सचेतना फैलाउने उद्देश्य छ ।