बरहथवाका वडाध्यक्ष गुप्ताद्वारा ३ हजार मास्क बितरण

600

घनश्याम बलम्पाकी, बरहथवा

कोरोना भाईरस (कोभिड–१९) बाट बच्नका लागि बरहथवा वडानम्बर ५ का वडाध्यक्षले घरघरमा पुगेर मास्क बितरण गरेका छन् ।
बरहथवा नगरपालिका वडानम्बर ५ का वडाध्यक्ष संजय प्रसाद गुप्ताले वडाका प्रत्येक घरमा पुगी मास्क बितरण गरिएको हो । बितरणको क्रममा दैनिक ५÷६ पटक साबुन पानीले २० सेकेण्डसम्म मिचि मिचि हात धुने,ब्यक्तिगत सरसफाइमा गर्ने, अनाबश्यक रुपमा घर बाहिर नजाने, मास्क लगाउने,भिडभाडमा नजाने, ताजा र सफा खानेकुरा खाने लगायतका सचेतना गराएको वडाध्यक्ष गुप्ताले बताए ।
यस संकटको घडीमा वडाध्यक्ष गुप्ताले सम्पूर्ण वडावासीहरुलाइ लकडाउनको पूर्णरुपमा पालना गर्न आग्रह गरे । उनले तेस्रो मुलुक र भारतबाट आएका मानसहरुको जानकारी गराउन समेत वडावासीलाइ अनुरोध गरे । उनले वडाका विपन्न परिवार र दैनिक ज्यालदारी गरि खाने मजदुरहरु खाधान्न संकटबाट भोकै बस्नु पर्ने स्थिति आएमा आफुले ब्यक्तिगत रुपमा सकेको सहयोग गर्ने पनि प्रतिबद्धता समेत ब्यक्त गरेका छन् ।
त्यस्तै वडा भित्र कुनै समस्या देखिए वा कोरोना संक्रमितको शंका लागेमा वा उपचार व्यवस्थाका लागि भन्नु परेमा सम्पर्क गर्न वडावासीलाई आग्रह गरेका छन् ।