हरिवनका वडाध्यक्ष लोप्चनद्वारा साबुन र मास्क वितरण

880
मास्क तथा साबुन वितरणका अवसरमा बोल्दै वडाध्यक्ष लोप्चन । (तस्बिर : उज्यालो अभियान)

हरिवन – कोरोना भाईरस (कोभिड–१९) को संक्रमणबाट बच्नका लागि हरिवन नगरपालिका–३ का वडाध्यक्ष दिपमान लोप्चनले साबुन र मास्क बितरण गरेका छन् ।

शुक्रवार बिहान वडा भरीका ६५० घरधुरीलाइ साबुन र मास्क वितरण गरिएको वडाध्यक्ष लोप्चनले जानकारी दिए । वडाध्यक्ष लोप्चनका अनुसार सामग्री वितरणका क्रममा दैनिक कम्तिमा ६ पटक साबुन पानीले २० सेकेण्डसम्म मिचि मिचि हात धुने, ब्यक्तिगत सरसफाइमा ध्यान दिने, अनाबश्यक रुपमा घर बाहिर ननिस्कने, निरन्तर मास्क लगाउने लगायत सचेतनामूलक जानकारी समेत गराईएको थियो ।

संकटको यस घडीमा सम्पूर्ण वडावासीलाई लकडाउनको पूर्णरुपमा पालना गर्न वडाध्यक्ष लोप्चनले आग्रह गरेका छन् । कोरोना भाईरस सम्बन्धि कुनै समस्या देखिए वा शंका लागेमा आफ्नो मोबाईल नम्बर ९८५४०३४००३ मा सम्पर्क गर्न समेत वडाध्यक्ष लोप्चनले अनुरोध गरेका छन् ।