चेम्बरद्वारा बाल्टिन र साबुन वितरण

134
हरिवन बजारमा साबुन पानीले हात धुँदै चेम्बरका पदाधिकारीहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – नेपाल चेम्बर अफ कमर्स हरिवनले कोरोना भाईरस (कोभिड–१९) विरुद्ध हात धुनका लागि बाल्टिन र साबुन वितरण गरेको छ ।

हरिवन र नयाँरोड बजार क्षेत्रका विभिन्न ठाउँमा राख्नका लागि २० वटा बाल्टिन र साबुनहरु वितरण गरिएको चेम्बर हरिवनका अध्यक्ष कृष्णओम पोतेले जानकारी दिए । कोरोना भाईरसबाट बच्नका लागि साबुन पानीले हात धुने व्यवस्था मिलाउन २० ठाउँमा पानी राख्नका लागि बाल्टिन र साबुनको व्यवस्था गरिएको चेम्बरले जनाएको छ । शनिबार बिहान हरिवन र नयाँरोड बजारका विभिन्न स्थानमा पुगेर चेम्बरका पदाधिकारीले बाल्टिन र साबुन वितरण गरेको थियो । चेम्बरले बाल्टिन र साबुनसँगै कोरोना भाईरसबाट बच्नका लागि सचेतनामूलक पोष्टरहरु समेत राखेको छ ।