हरिवन दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

300
सांकेतिक तस्बिर ।

हरिवन – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिकाको सुखेपोखरीमा ट्रकको ठक्करबाट शनिबार मध्यान्ह मृत्यु भएकाको पहिचान खुलेको छ ।

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ट्रकले हरिवन नगरपालिका–९, सुखेपोखरी पुल छेउमा ठक्कर दिँदा हरिवन नगरपालिका–१० निवासी ५१ वर्षीय ज्ञानप्रसाद खनालको मृत्यु भएको ईलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । सुखेपोखेरी पुलको मान्छे हिड्ने फुटपाथको डिलमा बसिरहेका खनाल ट्रक आउने वितिकै उठ्दा ठक्कर लागेको चालकको भनाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए ।

ठक्कर दिने ना. ६ ख ५६४५ नम्बरको ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय हरिवनको नियन्त्रणमा राखिएको छ । मृतकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल पठाईएको छ । ठक्कर दिने वितिकै चालक आफै ट्रक लिएर ईलाका प्रहरी कार्यालय हरिवनमा पुगेको बताईएको छ ।