सागरनाथमा लागेको डढेलो निभाइयो

137
प्रतिकात्मक तस्बिर

सागरनाथ – सुख्खा तथा हावाहुरीको मौसम सुरु भएसँगै सर्लाहीका जंगल क्षेत्रमा डढेलो लाग्न सुरु भएको छ ।

जंगल क्षेत्रमा वस्तुभाउ चराउन जाने गोठाला र केही स्थानीय वासिन्दाले जथाभावी आगोजन्य पदार्थको प्रयोग गर्दा जिल्लाका वन क्षेत्रमा बर्सेनि डढेलो लाग्ने गर्छ । सोही क्रममा शुक्रवार दिउँसो जिल्लाको फुलजोर नजिकै सागरनाथतर्फ जाने बाटोमा सागरनाथ वन विकास परियोजनाको जंगल क्षेत्रमा आगो लागेको छ । तत्कालै वन कार्यालयबाट पानी ट्यांकर, हरिवन नगरपालिकाबाट मगाइएको दमकल र कर्मचारीको सहयोगमा जंगल क्षेत्रको आगो निभाइएको डिभिजन वन कार्यालय सर्लाहीले जनाएको छ । कार्यालयले वन क्षेत्रमा लाग्ने डढेलोले मानव बस्ती जोखिममा पर्नुका साथै वन्यजन्तु र रुख विरुवामा क्षति पुग्ने भएकाले डढेलो नलगाउन आग्रह गरेको छ ।