सागरनाथमा राखिएकाे बम सेनाद्वारा डिष्पोज

1181

सागरनाथ – सर्लाहीको सागरनाथस्थित सागरनाथ वन विकास परियोजनाभित्र बिहिवार दिउँसो अज्ञात समूहले राखेको बम नेपाली सेनाले डिष्पोज गरेको छ ।
परियोजनाको अतिथि गृह नजिकै राखिएका पे्रसर कुकर बम बिहिवार साँझ नेपाली सेनाको रणशेर गण पाँचकुमारी ब्यारेकबाट गएको तालिम प्राप्त बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो । दिउँसो ३ः३० बजेतिर परियोजनाभित्र बम फेला परेको सूचना पाएपछि सेनाको टोली घटनास्थलमा पुगेको थियो । सेनाले घटनास्थलको अवस्था बुझी साँझ ५ः१५ बजेतिर बम डिष्पोज गरेको हो । त्यहाँ बम राख्ने समूहको पहिचान हुन सकेको छैन् । अनुसन्धान भने भइरहेको प्रहरीले जनाएको छ । स्रोतका अनुसार परियोजनामा पटक–पटक चन्दा माग्ने काम हुँदै आएको छ । विप्लव समुहले राखेकाे हुन सक्ने अनुमान सहित प्रहरीले अनुसन्धान अगाडी बढाएकाे छ ।