लालबन्दीमा स्यालले मोटरसाईकल पल्टायो

460
सांकेतिक तस्बिर ।

लालबन्दी – लालबन्दीमा स्यालले बाटो काट्दा विहिबार दिउँसो मोटरसाईकल र्दुघटना भएको छ ।

लालबन्दी नगरपालिका–६ स्थित पुर्व–पश्चिम राजमार्गमा गुडिरहेको मोटरसाईकल स्यालसँग ठक्कर खान पुगेको हो । पुर्वबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकलले एक्कासी बाटो काट्दै गरेको स्याललाई ठक्कर दिएपछि दुर्घटना भएको हो । स्याललाई ठक्कर दिएपछि मोटरसाईकल अनियन्त्रित भई पल्टिएको र मोसामा सवार बारा जितपुर उपमहानगरपालिका–५ निवासी २७ वर्षीय बसन्त चौधरी पछाडि सवार रौतहट चन्द्रनिगाहापुर निवासी ३० वर्षीय रिसभ काफ्ले घाईते भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । काफ्लेको टाउकोमा चोट लागेकाले गम्भिर अवस्था रहेको प्रहरीले जनायो ।