बस र पिकअप जुध्यो, ६ जना घाईते

सांकेतिक तस्बिर ।

लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित पूर्व–पश्चिम राजमार्गमा यात्रु बस र पिकअप भ्यान एकआपसमा ठक्कर खाँदा ६ जना यात्रु घाईते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कालिन्जोर पुल नजिकै पुर्वबाट पश्चिम तर्फ आउदै गरेको ना. ५ च १४७० नम्बरको पिकअप र विपरित दिशाबाट जाँदै गरेको बा. ५ ख ४९५१ नम्बरको यात्रुबस विहिबार बिहान एकआपसमा ठक्कर खाँदा ६ जना घाईते भएका हुन् । बसमा सवार एकजना तथा पिकअपमा सवार ५ जना यात्रु घाईते भएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । बसमा यात्रारत मकवानपुर हेटौडा उममहानगरपालिहा–४ कर्रा बस्ने ५० वर्षीया टिल्लेश्वरी क्षत्री सामान्य घाईते भएकी छिन् । उनको लालबन्दी स्थि टेक्सास अस्पतालमा उपचार भईरहेको प्रहरीले जनायो ।

त्यस्तै पिकअपमा सवार सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथान निवासी३५ वर्षीय सन्तोष बराल, २३ वर्षीय मन्दिरा पुर्बछाने, ३२ वर्षीया देवी राजकोटि, ६० वर्षीया सुकु पुर्वछाने र २६ वर्षीय बुद्ध बहादुर मोक्तान घाईते भएका छन् । सुकु पुर्वछाने र बुद्धबहादुर मोक्तानलाई थप उपचारका लागि भरतपुरतर्फ पठाईएको छ ।