सर्लाही सहित ८ वटै जिल्लामा प्रस्तावित शीतभण्डारको निर्माण कार्य रोक्न निर्देशन

414

आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश-२ का सर्लाही सहित ८ वटै जिल्लामा निर्माण गर्न लागिएको शीतभण्डारको निर्माण कार्य तत्काल लागि रोक्न संसद अन्तर्गतको कृषि तथा भूमि व्यवस्थापन समितिले निर्देशन दिएको हो ।

प्रदेश सरकारको लगभग १ अर्ब ४ करोड अनुदान रकमबाट निर्माण प्रस्ताव गरिएको ती योजनामा प्रस्ताव आह्वानदेखि छनौट प्रक्रिया सम्ममा विभिन्न त्रुटिहरु देखिएको भन्दै फाल्गुन २९ मा बसेको समिति बैठकले काम रोक्न निर्देशन दिएको हो ।

हाल समितिले शीतभण्डारको विषयमा अध्ययन गर्दै जाँदा त्रुटिहरु देखा परेको भन्दै काम रोकेको समितिका सभापति वीरेन्द्र प्रसाद सिंहले जानकारी दिए । सर्लाहीमा बरहथवा स्थित लवकुश सहकारीले काेल्डस्टाेर निर्माण गर्ने जिम्मा पाएकाे थियाे ।