हरिवनमा खुल्यो स्विच अनको शाखा, एउटै छानामुनी सम्पूर्ण इलेक्ट्रोनिक्स सामान

253
पसलको उद्घाटन गर्दै मेयर प्रसाईं । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन बजारमा घरायसी प्रयोगका हरेक ईलेक्ट्रोनिक्स सामानको आधिकारिक विक्रेता स्विच अन नामक कम्पनीको शाखा सञ्चालनमा आएको छ ।

कुशवाहा सुपरमार्केटको सिधा उत्तर अनन्य इन्टरप्राईजेजले स्विच अनको शाखा सञ्चालनमा ल्याएको हो । शुक्रबार बिहान एक समारोहबीच हरिवन नगरपालिकाका मेयर गणेशप्रसाद प्रसाईंले रिवन काटेर पसलको उद्घाटन गरेका छन् । अब एउटै छानामुनी सामसुङ, हिमस्टार, बजाज, हन्टकी, अहुजा ब्राण्डका ईलेक्ट्रोनिक्स सामानहरु पाईने सञ्चालक लक्ष्मी दासले जानकारी दिए ।

पसलमा एसी, टेलिभिजन, फ्रिज, आईरन, ईलेक्ट्री जग, पानी फिल्टर, भ्याकुम क्लिनर, साउण्ड सिस्टम, मिक्स्चर लगायत सम्पूर्ण ईलेक्ट्रोनिक्स सामान एवं टाईमेक्सका घडीहरु समेत रहेको छ । ‘ग्राण्ड ओपिनिङ’को अवसरमा आगामी आईतबारसम्म हरेक सामान खरिदमा ग्राहकलाई १५ देखि २५ प्रतिशत सम्म छुट गरिएको सञ्चालक दासले जानकारी दिए । ‘अब यस्ता सामानहरु किन्नका लागि सस्तोमा पाईन्छ भनेर काठमाडौं, वीरगंज धाईराख्नु पर्दैन’, लक्ष्मी मोबाईल सेन्टरका सञ्चालक समेत रहेका दासले भने, ‘कम्पनीको सबै ब्राञ्चबाट एउटै मुल्यमा सामान बिक्री हुने भएकाले अब सर्लाहीका ग्राहकले घर आँगनमै त्यस्तो सुविधा प्राप्त गर्न सक्नेछन् ।’ वारेन्टी/ग्यारेन्टी सहित बिक्री हुने हरेक सामानहरुको मर्मत संभार लगायत सेवाहरु ४८ घण्टा भित्र उपलब्ध गराईने दासले जानकारी दिए ।

हरिवन सहित काठमाडौं लगायत मुलुकभर स्विच अनको २७ वटा शाखा स्थापना भएको अप्रेशन म्यानेजर अमित खनालले जानकारी दिए । तीन महिनाभित्र मुलुकका विभिन्न स्थानमा गरी ४० वटा शाखा पु¥याउने लक्ष्य राखिएको उनले बताए ।