पेट्रोल छर्केर आफ्नै शरिरमा आगो

352
प्रतिकात्मक तस्बिर

ब्रम्हपुरी – भारतीय सीमावर्ती क्षेत्रमा पर्ने सर्लाहीको दक्षिणी भेगस्थित त्रिभुवननगरमा आगोले जलेर एक जना गम्भीर घाईते भएका छन् ।

मानसिक सन्तुलन ठीक नभएका ब्रम्हपुरी गाउँपालिका–४, त्रिभुवननगरका ५५ वर्षीय वुद्धन मन्सुरले वुधवार दिउँसो आफ्नो शरीरमा आफै पेट्रोल छर्केर आगो लगाउँदा जलेर गम्भीर घाईते भएका हुन् । दुवै हात, बायाँ कोखा, पिठ्यू लगायतको भाग जलेर घाईते मन्सुरको श्रीमती र छोरीको उपस्थितिमा जिल्ला अस्पताल मलंगवामा उपचार भइरहेको प्रहरी चौकी त्रिभुवननगरले जनाएको छ । यस घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
त्यस्तै सर्लाहीको सुदूरदक्षिण–पश्चिम भेगमा पर्ने बहुअर्वामा वुधवार राती आगलागी भएको छ । आगलागीबाट रामनगर गाउँपालिका–४, बहुअर्वाका रामचन्द्र साह र दनबारी साहको कुनिउँ लगाएर राखेको पराल जलेर खरानी भएको अस्थायी प्रहरी पोष्ट बहुअर्वाले जनाएको छ । आगोले दुवै जनाको गरी २४ हजार मूल्य बराबरको पराल जलेर नष्ट भएको पीडित किसानले बताएका छन् ।