सर्लाहीको बरहथवामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

1040
सांकेतिक तस्बिर ।

सर्लाहीको बरहथवामा आज (बिहिवार) दिउँसो मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बरहथवा नगरपालिका–९, चोरनियाँ पुलमा बीआर ३० एल ७६७३ नं. को मोटरसाइकल दुर्घटनामा चालक चन्द्रनगर गाउँपालिका–६, का २१ वर्षीय सुनिल साहको मृत्यु भएको हो । प्रत्यक्षदर्शीका अनुसार तीव्र गतिमा रहेको मोटरसाइकल पुलको रेलिङमा ठोक्किएर तल खसेको थियो । दुर्घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरी टोलीले चिन्ताजनक अवस्थामा रहेका चालक साहलाई उद्धार गरी उपचारका लागि बरहथवास्थित संजिवनी अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
मृतक युवकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलङ्गवा पठाइएको छ ।