राजर्षि जनक कप फुटबलको तेस्रो क्वाटर फाइनलमा आज पुलिस र ब्वाईज युनियन क्लब खेल्दै

95

सर्लाहीको बागमतीमा जारी प्रदेश २ कै सवैभन्दा बढी धनराशीको चौथौ संस्करणको राजर्षि जनक कप फुटबलमा आज विभागिय टिम नेपाल पुलिस क्लब र ब्वाईज युनियन क्लब काठमाण्डौंले खेल्दै छन् ।
प्रतियोगिताको तेस्रो क्वार्टर फाइनल खेलमा आज अपरान्ह ४ बजेपछि पुलिस र ब्वाईज युनियनले प्रतिस्पर्धा गर्न लागेका हुन् । यि दुईबीचको खेल बागमतीस्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा हुनेछ । प्रतियोगिता अन्तर्गत दोस्रो क्वाटर फाइनल खेलमा हिजो आयोजक बाग्मती नगरपालिकालाई १–० गोलले पाखा लगाउँदै पाहुना टोली कंचनजंगा फुटबल क्लब सिक्किम सेमिफाइनलमा प्रवेश गरेको थियो ।
यसअघि पहिलो क्वाटर फाइनल खेलमा अस्ती सोमवार एनआरटी क्लब काठमाण्डौंलाई २–१ गोलले पराजित गरी सुदूरपश्चिम–११ ले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।