राजर्षि जनक कप : आज सुदूरपश्चिम–११ र एन आर टि क्लबले खेल्दै

102

सर्लाहीको बागमतीमा जारी राजर्षि जनक कप फुटबलमा आज पनि एक खेल हुँदैछ ।

अपरान्ह ४ बजेपछि बागमती नगरपालिका–११, कर्मैयामा रहेको स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा हुन लागेको खेलमा सुदूरपश्चिम ११ र एनआरटी क्लब काठमाण्डौंबीच प्रतिस्पर्धा हुन लागेको हो । प्रतियोगितामा यसअघि हिजो जावलाखेल यूथ क्लब ललितपुरले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलले पराजित गरेको थियो । खेलको ५६ औँ मिनेटमा सुजित बुढाथोकीले गर्नुभएको एक मात्र गोलमा बिजयी हुँदै जावलाखेल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बाग्मती नगरपालिका र बाग्मती युवा क्लबको संयुक्त आयोजनामा फागुन २२ गतेदेखि जारी प्रदेश २ कै सर्वाधिक पुरस्कार राशीको यस प्रतियोगिताको बिजेता र उपबिजेताले क्रमश ः १० लाख र ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । यस्तै सर्लाहीका एक जना सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिता भरकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।