सवारी दुर्घटनामा पाँचजना घाईते

154
सांकेतिक तस्बिर ।

लालबन्दी – सर्लाहीका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँचजना घाईते भएका छन् ।

शनिबार साँझ ईश्वरपुर नगरपालिका–२ राईटरखोर स्थित भित्री सडकखण्डमा सुकनाहाबाट हरिपुरतर्फ आउँदै गरेको ना. ३१ प १६९४ नम्बरको मोटरसाईकलको ठक्करबाट स्थानीय १७ वर्षीय कुस पासवान घाईते भएका छन् । हरिपुर नगरापालिका–७ निवासी २१ वर्षीय रामसागर चौधरीले चलाएको मोटरसाईकलले पैदल हिँडिरहेका पासवानलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । मदिरा सेवन गरेका र सवारी चालक अनुमति पत्र समेत नभएका चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही प्रकृया अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय भक्तिपुरले जनाएको छ ।

त्यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हरिवन नगरपालिका–११, मा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना. १ ज २५१९ नम्वरको म्याजिकले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँका ९५ वर्षीय विष्णु प्रसाद लुईटेल घाईते भएका छन् भने हरिपुर नगरपालिका–४, स्थित नवलपुर–मलंगवा सडकमा ना. ३३ प ७६०८ नम्वरको स्कुटीले ठक्कर दिँदा साइकलमा सवार स्थानीय ५० वर्षीय दुःखा सिंह दनुवार र स्कुटी चालक मलंगवा नगरपालिका–९, का २५ वर्षीया मनिषा कर्ण घाईते भएका छन् । पैदल यात्री दनुवारको लालगढ र स्कुटी चालक कर्णको मलंगवामा उपचार भइरहेको छ ।

त्यसैगरी मलंगवा नगरपालिका–८, शिवसागर चोकमा अनटेष्ट मोटरसाइकलको ठक्करबाट मलंगवा नगरपालिका–१२, गम्हरीयाका २३ वर्षीय मुकेश शर्मा ठाकुर घाईते भएका छन् । ठाकुरको मलंगवास्थित एक निजी स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।