आगलागीबाट १० लाख बराबरको क्षति

182
प्रतिकात्मक तस्बिर


ईश्वरपुर – ईश्वरपुर नगरपालिका–१३ महारानी बजारमा शनिबार राती भएको आगलागीबाट १० लाख रुपैंया बराबरको धनमाल नष्ट भएको छ ।

महारानी बजार स्थित रौंनियार वस्त्रालय एण्ड सु सेन्टरमा राती सबा ११ बजे अचानक विद्युत सर्ट भई आगो लागेको ईलाका प्रहरी कार्यालयले जनाएको छ । इश्वरपुर नगरपालिका–१४ हरकठवा निवासी सुरेन्द्र साह रौंनियारको पसलमा भएको आगलागीबाट १० लाख रुपैंया बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । राती १२ बजेतिर सुरक्षाकर्मी, स्थानीय लगायतको सकृयतामा आगो नियन्त्रणमा लिईएकाले थप क्षति हुनबाट जोगिएको थियो ।