सर्लाहीको बरहथवा र हरिवनमा मोटरसाइकल दुर्घटना, दुई जना गम्भीर घाईते

161
सांकेतिक तस्बिर ।

सर्लाहीको बरहथवा र हरिवनमा सुक्रवार राती भएका मोटरसाइकल दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।
बरहथवा नगरपालिका–१३, भित्री सडकमा अनटेष्ट मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक विष्णु गाउँपालिका–४, का २४ वर्षीय सिकिन्दर राय यादव घाईते भएका हुन् । यादवको बरहथवा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै हरिवन नगरपालिका–१०, मा ताईवानबाट सुखेपोखरीतर्फ आइरहेको प्रदेश २ ना १ ज २८६१ नम्वरको मोटरसाइकलको ठक्करबाट एक वृद्ध घाईते भएका छन् । दुर्घटनामा घाईते सोही ठाउँका ७२ वर्षीय कृष्णप्रसाद सिग्देललाई नमूना अस्पताल हरिवनमा सामान्य उपचार गरी भरतपुरतर्फ रेफर गरिएको प्रहरीले जनाएको छ ।