भोलीबाट राजर्षि जनक कप फूटबल, यस्तो छ खेल तालिका

326

बागमती – सर्लाहीको बागमतीमा भोली फागुन २२ गते विहिबारबाट चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी १्र२ वटा टिम उपाधीका लागि भिड्दै छन् । विहिबार दिउँसोको उद्घाटन खेल आयोजक बागमती युवा क्लब सर्लाही (निलो) र ब्वाईज युनियन क्लब काठमाडौं बीच हुँदैछ । आयोजकले सार्वजनिक गरेको खेल तालिका अनुसार चैत २ गते प्रतियोगिताको फाइनल खेल हुने भएको छ । बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा हुन लागेको यस प्रतियोगिता प्रदेश २ कै सर्वाधिक धन राशीको हो । प्रतियोगिताको बिजेताले १० लाख रुपैयाँ र उपबिजेताले ५ लाख रुपैयाँ नगद प्राप्त गर्नेछन् । सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैया बागमतीमा हुने प्रतियोगिताको लगभग सबैजसो तयारी पुरा भएको बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिए ।
आयोजकले सार्वजनिक गरेको खेल तालिका ।