बरहथवा र ब्रम्हपुरीमा मोटरसाइकल दुर्घटना, ४ वर्षका बालकसहित दुई जना गम्भीर घाईते

171
सांकेतिक तस्बिर ।

सर्लाहीको बरहथवा र ब्रम्हपुरीमा भएका फरक–फरक मोटरसाइकल दुर्घटनामा परी दुई जना गम्भीर घाईते भएका छन् ।

मंगलवार साँझ जिल्लाको बरहथवा नगरपालिका–७, टाँडीमा मोटरसाइकल पल्टिँदा चालक घाईते भएका छन् । बरहथवाबाट हीरापुरतर्फ जाँदै गरेको ना ३९ प २९२१ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा चालक हरिवन नगरपालिका–११, का २५ वर्षीय चन्दन दास घाईते भएका हुन् । उनलाई बरहथवामा सामान्य उपचारी गरी थप उपचारका लागि वीरगंजतर्फ रेफर गरिएको ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।
यस्तै जिल्लाको ब्रम्हपुरी गाउँपालिका–६, नोकेल्वास्थित भित्री सडकमा मंगलवार दिउँसो मोटरसाइकलको ठक्करबाट एक बालक गम्भीर घाईते भएका छन् । बीआर ३० डब्लु ४८५८ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा घाईते स्थानीय मोहन यादवका ४ वर्षीय छोरा बिक्की कुमार यादवलाई जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी वीरगञ्जतर्फ नै रेफर गरिएको प्रहरीले जनाएको छ ।