बागवानी केन्द्रमा आगलागी, दस लाखको क्षति

646
प्रतिकात्मक तस्बिर


सर्लाहीको नवलपुरस्थित उष्ण प्रदेशीय बागवानी केन्द्रमा सुक्रवार मध्यराती आगलागी भएको छ ।
आगलागीमा परी केन्द्रका कार्यालय प्रमुखको कार्य कक्षमा रहेको दराज, सोफा, कम्प्यूटर, प्रिन्टर, टेलिफोन र तारहरु पूर्ण रुपमा जलेर नष्ट भएको राती घटनास्थलमै पुगेका ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक नारायण थापाले जानकारी दिए ।
यस्तै तालिम हलमा रहेको प्लाष्टिकका कुर्सी, झ्यालका पर्दा र कुलिङमा समेत आगलागीबाट सामान्य क्षति पुगेको प्रहरीेले जनाएको छ । सुक्रवार राती ११ सबा बजेतिर भएको आगलागीबाट प्रारम्भिक क्षतिको विवरण सङ्कलन गर्दा करिव १० लाख बराबरको क्षति भएको पाइएको प्रहरी निरीक्षक थापाले बताए ।
आगलागीको कारण खुल्न सकेको छैन् । आगलागीको कारण पत्ता लगाउन अहिले (शनिवार) बिहान प्रहरी निरीक्षक थापा नेतृत्वको प्रहरी टोली घटनास्थलमै रहेको छ ।