चौंथो राजर्षि जनक कप फूटबल फागुन २२ गते बाट

1582


सर्लाहीको बागमतीमा आयोजित चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिता यही फागुन २२ गतेबाट सुरु हुने भएको छ ।
आयोजक बागमती नगरपालिका र बागमती युवा क्लबले शनिवार पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएका हुन् । प्रतियोगितामा आयोजक बागमती नगरपालिकाको (रातो) र बागमती युवा क्लबको (निलो) समेत गरी १२ वटा क्लबले सहभागिता जनाउने भएका छन् । जसमा दुई वटा विदेशी क्लब समेत रहेका बागमती नगरपालिकाको खेलकुद संयोजक एवं वडा नं. २ का वडाध्यक्ष दीपक लामाले जानकारी दिनुभयो ।
लामाका अनुसार प्रतियोगितामा आयोजक बागमती नगरपालिका र बागमती युवा क्लबको एक–एक वटा टिमसँगै नेपाल पुलिस क्लब काठमाण्डौं, एन.आर.टी. क्लब काठमाण्डौं, जावलाखेल यूथ क्लब काठमाण्डौं, उर्गेन एकेडेमी फुटबल भुटान, कञ्चनजंगा एफ.सी सिक्किम, प्लानिङ ब्वाईज काठमाण्डौं, सुदूरपश्चिम–११, ब्वाईज युनियन काठमाण्डौं, चितवन–११ चितवन र जन जागृति युवा क्लब सीमराले सहभागिता जनाउँदै छन् ।
बागमती खेल मैदान कर्मैयामा हुने प्रतियोगिताको बिजेताले १० लाख रुपैयाँ तथा उपबिजेताले ५ लाख रुपैयाँ सँगै प्रतियोगिताकै सर्वोत्कृट खेलाडीले ५१ हजार रुपैयाँ एवं सर्लाहीका सर्वोत्कृष्ट खेलाडीले एक थान मोटसाइकल प्राप्त गर्ने आयोजक बागमती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले बताउनुभयो ।
प्रतियोगिताको फागुन २२ गते पूर्व उपप्रधान मन्त्री समेत रहेका नेपाल कम्यूनिष्ट पार्टीका प्रवक्ता नारायणकाजि श्रेष्ठको प्रमुख आतिथ्यता, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय र प्रदेश २ का आर्थिक मामिला मन्त्री विजय यादवको विशिष्ठ आतिथ्यतामा उद्घाटन गरिने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।