लालबन्दीमा मोटरसाइकल जुध्दा एक युवक घाईते, मलंगवामा भ¥याङबाट लडेर घाईते दुई बालबालिकाको अवस्था गम्भीर

110
सांकेतिक तस्बिर ।

सर्लाहीको लालबन्दी नगरपालिका–५, जब्दीमा वुधवार साँझ दुई वटा मोटरसाइकल जुध्दा एक युवक गम्भीर घाईते भएका छन् ।
लालबन्दीबाट जब्दीतर्फ गइरहेको ना २९ प ३२८३ र विपरित दिशाबाट आउँदै गरेको ना ३० प ८१८ नम्वरको मोटरसाइकल आपसमा ठोक्किँदा युवक घाईते भएका हुन् । दुर्घटनामा घाईते ना ३० प ८१८ नम्वरको मोटरसाइकलका चालक लालबन्दी नगरपालिका–५, नै बस्ने १७ वर्षीय कुनाल गोसमीलाई लालबन्दीमा प्राथमिक उपचार गरी थप उपचारका लागि वीरगञ्जतर्फ रेफर गरिएको ईलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
सर्लाहीमा पछिल्ला दिनमा मोटरसाइकल दुर्घटनाको घटना बढिरहेका छन् । तीव्र गतिमा चलाउने, मादक पदार्थ तथा लागूऔषध सेवन गरेर चलाउने जस्ता लापरवाहीले गर्दा जिल्लामा दैनिकजसो मोटरसाइकल दुर्घटना भइरहेको प्रहरीले जनाएको छ । सर्लाहीमा एक दिनमा औषतमा ५÷६ वटा मोटरसाइकल दुर्घटना भइरहेका प्रहरीको तथ्यांकले देखाउँछ । पूर्व–पश्चिम राजमार्ग भन्दा पनि भर्खरै कालोपत्रे भएका जिल्लाका भित्री सडकमा बढी मात्रामा दुर्घटना हुन थालेका छन् ।
यसैबीच खेल्ने क्रममा भ¥याङबाट लडेर जिल्ला सदरमुकाम मलंगवामा दुई बालबालिका गम्भीर घाईते भएका छन् । गएराती खेल्ने क्रममा आफ्नै घरबाट लडेर घाईते मलंगवा नगरपालिका–३, का ग्यासुदिन मिक्रानीकी ४ वर्षीया छोरा आतिथ मिक्रानी र ३ वर्षीया छोरी आसिया मिक्रानीलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगञ्ज लगिएको छ ।