धनकौलमा ५६ जना छात्रालाई साइकल वितरण

221

सर्लाहीको धनकौल गाउँपालिका–५, स्थित जनता माध्यमिक विद्यालय हरकठवाका छात्रालाई मंगलवार साइकल वितरण गरिएको छ ।

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत विद्यालयको कक्षा ८ मा अध्ययरत ५६ जना छात्रालाई एक–एक थान साइकल वितरण गरिएको हो । साइकल पाएपछि छात्राहरुलाई विद्यालय आउनजान सहज हुने अपेक्षा गरिएको धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्र साहले जानकारी दिए ।

नेपाली काँगे्रस सर्लाहीका उपसभापति सुरेन्द्र सिंहको प्रमुख आतिथ्यतामा छात्राहरुलाई साइकल वितरण गरिएको हो ।