राष्ट्रिय तेक्वान्दोमा सर्लाहीका खेलाडीलाई विभिन्न विधाको उपाधि

145


सर्लाहीका खेलाडीले काभे्रको बनेपामा सम्पन्न ११ औँ जुनियर राष्ट्रिय आईटीएफ तेक्वान्दो अन्तर्गत विभिन्न तौल समूहमा जीत हाँसिल गरेका छन् ।

प्रतियोगितामा भाग लिन सर्लाहीबाट गएका खेलाडीमध्ये एभरेष्ट आवासिय विद्यालय लालबन्दी नगरपालिका–५, मा अध्ययरत अनुराग चौधरी २० देखि २५ केजी तौल समूहमा तेस्रो तथा तीनघरे माध्यमिक विधालय लालबन्दी नगरपालिका–१६, परवानीपुरका रामबहादुर बोम्जन ३५ देखि ४० केजी तौल समूहमा तेस्रो नै भएका छन् ।
यसैगरी ग्रुप स्पेरिङमा अमर ज्यान आधारभूत विद्यालय लालबन्दी नगरपालिका–५, मा अध्ययरत नानु राना मगर, सोनु विक, आशिका विक, विद्याराज भण्डारी र तिनघरे माविकी विमला थिङ दोस्रो भएका छन् ।
सात वटा प्रदेश र आयोजक काभे्र आईटीएफ तेक्वान्दो गरी ८ टिमको सहभागिता रहेको प्रतियोगितामा सहभागिता जनाउन सर्लाहीबाट आईटीएफ तेक्वान्दोका जिल्ला अध्यक्ष प्रभुनारायण शिवाकोटी (श्याम) को नेतृत्वमा तेक्वान्दाका खेलाडीहरु काभे्र पुगेका छन् । शनिवारदेखि सुरु भएको प्रतियोगिताको आइतवार साँझ समापन गरिएको छ ।