नारायणखोलामा ट्याक्टर पल्टिँदा चालक सहित चारजना घाईते

सांकेतिक तस्बिर ।

नारायणखोला – सर्लाहीको लालबन्दी नगरपालिका–१४ नारायणखोलामा ट्याक्टर पल्टिँदा चारजना घाईते भएका छन् ।

पत्थरकोट–मोटर दोभान सडक खण्ड अन्तर्गत मोटर दोभानबाट दमैटार तर्फ आउँदै गरेको ज. १ त ३०३६ नम्बरको ट्याक्टर शनिबार राती ९ बजे अनियन्त्रित भई पल्टिँदा चालक सहित त्यसमा सवार चारजना घाईते भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । चालक हरिवन नगरपालिका–१० निवासी ४५ वर्षीय बुद्द सिंह वाईबा, लालबन्दी नगरपालिका–१४ निवासी ९ वर्षीय अजय स्याङतान, १२ वर्षीय रोशन वाईबा र १३ वर्षीय राजु मोक्तान घाईते भएको घाईते भएका हुन् । उनीहरुको लालबन्दी स्थित सूर्योदय अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै शनिबार दिउँसो हरिपुर नगरपालिका–८ ठुलो जगतपुर स्थित नवलपुर–मलंगवा सडकखण्डमा मलंगवाबाट नबलपुर तर्फ जाँदै गरेको बा. १७ च ९००७ नम्बरको कारमा सोही दिशातर्फ जाँदै गरेको बा. ६६ प ५४११ नम्बरको मोटरसाईकलले पछाडीबाट ठक्कर दिँदा एक युवती घाईते भएकी छिन् । मोटरसाईकल पछाडी सवार हरिवन नगरपालिका–६ घुर्कौली निवासी १९ वर्षीया सुस्मिता सिंह सामान्य घाईते भएकी छिन् ।

त्यसैगरी शनिबार राती साँढे ८ बजे बरहथवा नगरपालिका–७ स्थित भित्री सडक खण्डमा मोटरसाईकललाई अटो रिक्साले ठक्कर दिँदा मोटरसाईकल चालक घाईते भएका छन् । प्रदेश नं २ .१ ह ०६४४ नम्बरको अटो रिक्साले ठक्कर दिदाँ BR 30 J 2308 नम्बरको भारतीय मोटरसाईकल चलाईरहेका बरहथवा नगरपालिका–१२ निवासी २१ वर्षीय रंजित राय घाईते भएका हुन् । प्रहरीका अनुसार दाहिने कुम भाँचिएका कारण रायलाई स्थानीय भेनस अस्पताल बरहथवामा प्राथमिक उपचार पश्चात थप उपचारको लागि बिरगंज तर्फ पठाईएको छ । ठककर दिने अटो चालकलाई नियन्त्रणमा लिएर कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनायो ।