फोहोर फालेको ब्रिफकेसमा बम रहेको हल्लाले त्रास !

373


सर्लाहीको बरहथवा बजारमा फोहोर फालेको ब्रिफकेसमा बम रहेको हल्लाले आज दिउँसो केहीबेर जनजीवन त्रसित बनेको छ ।

बरहथवा नगरपालिका–७, दिपेक चलचित्र हल नजिकै एक बेवारिसे ब्रिफकेस फेला परेपछि स्थानीय वासिन्दाले विष्फोटक पदार्थ रहेको आशङ्कामा प्रहरीलाई खबर गरेका थिए । तत्कालै ईलाका प्रहरी कार्यालय बरहथवाबाट प्रहरी टोली घटना स्थलमा पुगेर सुरक्षा प्रदान गरी नेपाल सेनालाई खबर गरेको थियो ।

प्रहरीको सूचनापछि रणशेर गण पाँचकुमारी ब्यारेकबाट गएको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा ब्रिफकेसभित्र फोहोर रहेको पाइएको प्रहरीले जनाएको छ ।