टायरगाढामा मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाईते

169
सांकेतिक तस्बिर ।

कविलासी – नवलपुर–मलंगवा सडक अन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–७, गैर चोकमा शुक्रवार दिउँसो टायरगाढामा मोटरसाइकल ठोक्किँदा दुईजना गम्भीर घाईते भएका छन् ।

सदरमुकाम मलंगवाबाट आइरहेको स. ११ प २३९ नम्वरको मोटरसाइकल गुडिरहेको टायरगाढामा ठोक्किँदा मोटरसाइकल चालक र पछाडि सवार व्यक्ति घाईते भएका हुन् । दुर्घटनामा गम्भीर घाईते भई अचेत रहेका मोटरसाइकल पछाडि सवार ईश्वरपुर नगरपालिका–१०, बेलाका ४२ वर्षीय लडाई साह र मोटरसाइकल चालक बेला गाउँकै २५ वर्षीय रञ्जित पासवानलाई थप उपचारका लागि वीरगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । जिल्ला अस्पताल मलंगवामा प्राथमिक उपचार गरी दुवै जनालाई वीरगञ्ज रेफर गरिएको हो ।