चितायनमा कृषि प्रदर्शनी मेला सुरु

171
कृषि प्रदर्शनी मेलाको अवलोकन गर्दै मन्त्री साह । (तस्बिर : उज्यालो अभियान)

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–७, चितायनमा शनिवारबाट कृषि मेला प्रदर्शनी आयोजना गरिएको छ ।

कृषि मेला प्रदर्शनीको शनिवार दिउँसो प्रदेश नं. २ सरकारका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले उद्घाटन गरेका छन् । व्यवसायिक रुपमा कृषि पेशामा आवद्ध किसानलाई कृषि पेशाप्रति प्रोत्साहित गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र मलंगवा र हरिपुर नगरपालिकाको संयुक्त आयोजनामा कृषि मेला प्रदर्शनी आयोजना गरिएको हो । कृषि मेला प्रदर्शनी मेलामा किसानले उत्पादन गरेका कृषि उपज तथा घरेलु उत्पादनका स्टल राखिएको छ ।

आइतवारसम्म सञ्चालन हुने कृषि मेलामा सहभागिता जनाएका मध्ये उत्कृष्ट ठहरिएका किसानलाई नगद तथा प्रमाण पत्रबाट पुरस्कृत गरिने कृषि ज्ञान केन्द्र मलंगवाले जनाएको छ । कृषि व्यवसायको सम्मान र प्रोत्साहनका लागि जिल्लामा विगत केही वर्षदेखि कृषि प्रदर्शनी मेला आयोजना गरिँदै आएको छ ।