प्रहरीद्वारा सोफी रक्सी र सूर्ती नियन्त्रणमा

178

मलंगवा – सर्लाही प्रहरीले सोफी रक्सी र सूर्ती नियन्त्रणमा लिएको छ ।

सिमा प्रहरी चौकी फेनहराको टोलीले विहिबार राती ११ बजे नेपालबाट भारततर्फ लैंजादै गरेको अवस्थामा सोफी रक्सी बरामद् गरेको हो । बिष्णु गाउँपालिका–५ फेन्हरा स्थित दशगजामा नेपालबाट भारत तर्फ लैजादै गरेको अवस्थामा प्रहरी नायब निरीक्षक जय प्रकाश साह नेतृत्वको गस्ती टोलिले ५ काटुन सोफी रक्सी बरामद् गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी गस्ती टोलीलाई देख्ने वितिकै सोफी ओसारपसारमा संलग्नहर भागेको बताईएको छ ।

त्यस्तै विहिबार नै ईलाका प्रहरी कार्यालय कर्मैयाको टोलीले चेकजाँच गर्दा यात्रुबसबाट सूर्ती बरामद् गरेको छ । प्रहरी सहायक निरीक्षक गणेश देवकोटा नेतृत्वको टोलीले जनकपुर बाट बिरगज तर्फ जाँदै गरेको बा.६ ख ६१९२ नम्बरको यात्रुबसबाट कुनै कागजात नभएको तिन बोरा (करिब ६५ किलो) सुर्ती नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।