वृद्धआश्रमको अक्षय कोषमा एक लाख सहयोग

156

सर्लाहीको लालबन्दी नगरपालिका–२, जुटपानीमा रहेको पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रमको अक्षय कोषमा एक लाख रुपियाँ सहयोग प्राप्त भएको छ । काठमाण्डौंको नयाँ बानेश्वर निवासी नयनाथ पौडेलले आश्रमको अक्षय कोषमा एक लाख रुपियाँ नगद सहयोग गरेका हुन् ।


आश्रमका संस्थापक कार्यवाहक अध्यक्ष हरिवन निवासी पार्थमणि भट्टराईको पहलमा पौडेलले सहयोग प्रदान गरेका आश्रमकी व्यवस्थापक भवानी कोइरालाले जानकारी दिईन् । भट्टराईले आश्रममै आएर संस्थापक अध्यक्ष बासुदेव शरण कोइरालालाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।


यसैबीच लालबन्दी नगरपालिका–७, का टंकबहादुर कार्की (कैलाश) ले दिवगंत आमा सरस्वती कार्कीको १५ औँ पुण्य तिथीमा वुधवार बिहान आश्रममा नै श्राद्ध गरी त्यहाँका आश्रीत वृद्धबृद्धालाई भोजन गराएका छन् ।