नवलपुरको लर्ड ब्राईट स्कूलमा विद्यार्थीको शव राखेर प्रदर्शन

1978
मृतक विद्यार्थी अमन चौधरीको एकवर्ष अघिको फोटो ।
छोराको मृत्यु पश्चात भावविव्ह्ल बाबुआमा एवं आफन्तहरु । (तस्बिर : उज्यालो अभियान)
मृतक विद्यार्थीको शव राखेर विद्यालय अगाडी मंगलबार साँझ नाराबाजी गर्दै आफन्त एवं परिवारजन । (तस्बिर : उज्यालो अभियान)

नवलपुर – नवलपुर स्थित लर्ड ब्राईट वीज्डम ईङलिस स्कूल अगाडी मंगलबार साँझ विद्यार्थीको शव राखेर विरोध प्रदर्शन गरिएको छ ।

नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत जुटपानी नजिक उक्त स्कूल अगाडी सोही विद्यालयमा अध्ययनरत एक विद्यार्थीको शव राखेर विरोध प्रदर्शन गरिएको हो । प्रहरी र विद्यालयका अनुसार उक्त विद्यालयमा कक्षा ८ मा अध्ययनरत १५ वर्षीय अमन चौधरी सोमबार निर्माणाधीन होस्टल भवनमा तन्नाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका थिए । यद्यपी प्रहरीले भने घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको दाबी गरेको छ ।

महोत्तरी जिल्ला गौशाला निवासी अस्मिन कुमारका छोरा अमनको विद्यालयको गम्भिर लापरबाहीबाट मृत्यु भएको उनका परिवारजनले आरोप लगाएका छन् । मृतक अमनका परिवारजनले आत्महत्या भनिएपनि विश्वास नै गर्न नसकिने अवस्था रहेको दाबी गरेका छन् । ‘विद्यालयको चरम लापरवाहीले मेरो छोराको मृत्यु भएको छ’, अत्यन्त भावविह्ल हुँदै अस्मिनले भने, ‘शिक्षाको नाममा पटक–पटक मेरो छोरालाई मरणासन्न हुनेगरी यातना दिने गरिएको थियो ।’

विद्यालय व्यवस्थापन पक्षको गैर जिम्मेवारपन एवं लापरबाहीका कारण आप्mनो छोराको ज्यान गएको भन्दै परिवारजनले घटनाको गम्भीर ढंगले छानविन गरी दोषि उपर कडा कारबाहीको माग गरेका छन् । मृतक विद्यार्थी अमनका बुबा र आमा सोमबार साँझदेखि अचेत जतिकै छन् ।

सोमबार दिउँसो अस्मिन दम्पति विद्यालयमै आएर छोरालाई भेटी घर फर्किएका थिए । तर घर पुगेको केही समयमै अस्मिनको मोबाईलमा विद्यालय प्रशासनबाट तत्काल आउनोस्, भनेर फोन आयो । अस्मिनका अनुसार उनीहरु विद्यालय आउँदा हरिवनको नमूना बोलाईयो । ‘नमूना अस्पताल पुग्दा त एकछिन अगाडी हाँसीखेली गरेर फर्किएका हाँमीले छोराको लास पो देख्यौं’, अस्मिनले भने, ‘घटनाको बारेमा यथार्थ नभनेर हाँमीलाई झुक्याईयो, त्यसैले यसमा ठूलो शंका देखिन्छ ।’

आफन्तजनले अवरोध गरेका कारण सोमबार राती झण्डै १ बजेमात्र हरिवनको नमूना अस्पतालबाट अमनको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल लगिएको थियो । प्रहरीले जबर्जस्त गरेर राती मृत बालकको शव पोष्टमार्टमका लागि सदरमुकाम मलंगवा लगेको परिवारजनको दाबी छ । तर प्रहरीले भने मृतकको शव धेरैबेर अस्पतालमै राख्दा उपचार गराउन आएका अन्य विरामी एवं आफन्तलाई डिस्टर्व हुने भएकाले शव मलंगवा पठाईएको बतायो ।

मंगलबार पनि साँझ मात्र आफन्तले मृतक बालकको शव पोष्टमार्टम पश्चात बुझेका थिए । पोष्टमार्टम पश्चात बालकको शव घरतर्फ लिएर जाने क्रममा आफन्त एवं परिवारजनले झण्डै एकघण्टा लर्डब्राईट स्कूल अगाडी नवलपुर–मलंगवा सडकखण्ड चक्काजाम सहित विरोध प्रदर्शन गरेका हुन् ।

अमनलाई अनुशासनको नाममा विद्यालयका शिक्षकले केही समयअघि सम्पूर्ण कपडा खोलेर सबै विद्यार्थीहरुको अगाडी ‘नांगेझार’ पार्दै शारिरिक यातना दिएको उनका बुबा अस्मिनले दाबी गरे । ‘त्यतिखेर छोराको शरिरभरी निलडाम नै निलडाम थियो’, उनले भने, ‘आÇनै कक्षामा साथि हुने मोनिटरले समेत मरणासन्न हुने गरी कुट्दा रहेछन् ।’ त्यति धेरै शिक्षक, आन्तरिक सुरक्षाकर्मी लगायत कर्मचारीहरु रहने विद्यालय भित्र दिनदहाडै, त्यो पनि निर्माणाधिन भवनमा कसरी विद्यार्थीले आत्महत्या गर्न सक्छ भन्दै परिवारजनले प्रश्न चिन्ह खडा गरेका छन् । ‘आमाबुबाले भेटेर गएपछि अमनले कपाल काटेका छन्, नुहाएका छन्, खाजा खाएका छन् अनि खेलेका पनि छन्’, एक आफन्तले प्रतिप्रश्न गरे, ‘यति धेरै क्रियाकलाप गरेका उनले कसरी आत्महत्या गर्न सक्छन् ?’

विद्यालयका प्रिन्सिपल सुदिप कार्कीले भने परिवारजनले लगाएको आरोप निराधार रहेको दावी गरे । होस्टेलको निर्माणाधिन भवनको सबैभन्दा माथिल्लो तलामा तन्नाको पासो लगाएर झुण्डिएकै अवस्थामा उनको उद्धार गरिएको र उपचारका लागि नमूना अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको विद्यालयको दाबी छ । निर्माणाधिन भवनको सबैभन्दा माथिल्लो तलामा टेबुल माथि ‘पेण्ट’ (घर रंगाउने)का दुईवटा बाल्टिन खप्ट्याउँदै त्यसमाथि चढेर अमनले सिलिङ पंखा झुण्ड्याउने हुकमा तन्नाको पासो लगाउन पुगेको र सोही तन्नामा झुण्डिएर आत्महत्या गरेको विद्यालयको दाबी छ । लुगा सुकाउने क्रममा होस्टेलमै बस्ने विद्यार्थीहरुले देखेपछि उनीहरुले हतार हतार पासोबाट अमनलाई निकालेको र पछि सबैलाई खबर गरेपछि अस्पताल लैंजादा चिकित्सकले उनलाई मृत घोषित गरेको विद्यालयको दाबी छ ।

सोमबार दिउसो पनि अमनले कान छेँडेको देखेपछि भेटन आएकी आमाले उनलाई कुटेको विद्यालय प्रशासनले जनाएको छ । विद्यालयका अनुसार अमनले केही समयअघि देखि नै अमनले नपढ्ने बताउँदै आएका थिए । तथापी शैक्षिक शत्र सकिन दुई महिना मात्र बाँकी रहेकाले उनलाई अभिभावककै मागअनुसार विद्यालयमा जबर्जस्ती राखिएको थियो । अमनका भाई समेत सोही विद्यालयमा ५ कक्षामा अध्ययनरत छन् ।

प्रहरीलाई भने नमूना अस्पताल पु¥याईएका अमनको मृत्यु भएको घोषणा पश्चात मात्र घटनाबारे थाहा भएको थियो । प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले घटनाबारे गम्भिर ढंगले अनुसन्धान भईरहेको जानकारी दिए । ‘घटनाबारे हाँमी गम्भिर ढंगले अनुसन्धान गरिरहेका छौं’, प्रउ पोखरेलले भने, ‘पोष्टमार्टम रिपोर्ट आएपछि धेरै कुराहरु थाहा हुन्छ ।’