उज्यालो अभियान नेटवर्क प्रा.लि. का अध्यक्ष क्षेत्रीसहित एक दर्जन व्यक्ति सम्मानित

242

सदरमुकाम मलंगवामा ब’धबार एक कार्यक्रममका बीच जिल्ला स्थित विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरु लाई सम्मान गरिएको छ ।
पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै उज्यालो अभियान मिडिया नेटवर्क प्रा.लि.का अध्यक्ष एवं नागरिक दैनिकका सर्लाही समाचारदाता टंक क्षेत्री, समाजसेवाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै द्वन्द्वपीडित बालगृह घुर्कौली सञ्चालक संस्था चेतना सन्देश नेपालका अध्यक्ष सुरेन्द्र लामा, स्थानीय सरकारमार्फत नगरपालिका क्षेत्रको विकास निर्माणमा प्रशंसनीय कार्य गरेको भन्दै हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सहित एक दर्जन बढी व्यक्तित्वलाई दोसल्ला ओढाएर कदर पत्र सहित सम्मान गरिएको हो ।
सम्मानित व्यक्तित्वहरुलाई जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरी, मलंगवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसी लगायतले अबिर, माला, दोसल्ला ओढाएर कदरपत्र प्रदान गरेका थिए ।
सफलता कोचिङ सेन्टर एवं सीपमुलक तालिम केन्द्र मलंगवा एवं बाल विकास केन्द्र बरहथवाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । तालिम केन्द्रकी संस्थापक गीता आचार्य दासको अध्यक्षता एवं जिल्ला समन्वय समितिका संयोजक मेथुर चौधरीको प्रम’ख आतिथ्यता रहेको कार्यक्रममा मलंगवा नगरपालिकाक मेयर निरसल साह, प्रम’ख जिल्ला अधिकारी मोहनबहादुर जिसी, प्रहरी उपरीक्षक विश्वमणि पोखरेल, राष्ट्रिय अनुसन्धानका एसपी दिलिप सिंह लगायतको आतिथ्यता रहेको थियो ।