सगुनको तेस्रो वार्षिक खेदकुद कार्यक्रम सम्पन्न

510
खेल कौशल प्रस्तुत गर्दै सगुन शिक्षा आवासिय विद्यालयका विद्यार्थी । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सगुन शिक्षा सहकारी संस्था लिमिटेडको व्यवस्थापनमा सर्लाहीको हरिवन नगरपालिका–९, नोचामा सञ्चालित सगुन शिक्षा आवासिय विद्यालयमा आइतवार तेस्रो वार्षिक खेलकुद तथा अन्य रचनात्मक कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष बाबुराम घिमिरेको अध्यक्षता एवं हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रमको समापन गरिएको हो । सोही अवसरमा अभिभावकहरुबीच पनि मनोरञ्जनात्मक खेल खेलाइएको विद्यालयका प्रिन्सीपल सुवर्ण श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार विद्यालयमा वर्षभरी भएका खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलापमा पहिलो हुन सफल ब्लू हाउससहित अन्य विधाका खेलमा बिजेता समूहलाई आइतवार नै पुरस्कार समेत वितरण गरिएको छ ।