कृष्ण मन्दिरमा नयाँ समिति

177
श्रीकृष्ण मन्दिर सेवा समितिको भेलामा उपस्थित एवं निर्वाचित व्यक्तित्वहरु । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–११ पूर्व–पश्चिम राजमार्गसँगै टाँसिएको कृष्ण मन्दिरको नयाँ समिति चयन गरिएको छ ।

स्थानीय वासिन्दाको भेलाले अध्यक्ष ज्ञान प्रसाद पोखरेल रहने गरी ११ सदस्यीय श्रीकृष्ण मन्दिर सेवा समिति चयन गरेको हो । आईतबार गठित समितिमा निर्मला पौडेल उपाध्यक्ष, विनोद कार्की सचिव र रोचराज शर्मा कोषाध्यक्षमा चयन भएका छन् । यसैगरी सदस्यहरुमा नवराज घिमिरे, मोहनलाल श्रेष्ठ, रत्ना कार्की, सीता पोखरेल, भरतहरि अधिकारी, राजेश चौधरी र मनोज केसी रहेका छन् ।

यस्तै कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा मन्दिरको सल्लाहकार समिति चयन गरिएको छ । हरिवन चोकदेखि करिब दुई सय मिटर उत्तरतर्फ कृष्ण मन्दिरको ६ कठ्ठा जग्गा छ । सो जग्गामा धर्मशाला निर्माण गर्न आगामी फागुन १५ गतेदेखि जगत गुरु मोहनशरणको उपस्थितिमा महायज्ञ आयोजना गर्ने तयारी भइरहेको नवनिर्वाचित सचिव विनोद कार्कीले जानकारी दिए । धर्मशाला बनाउन नगरपालिका र प्रदेश सांसदबाट पनि सहयोगको आश्वासन पाएको सचिव कार्कीले बताए ।