लालबन्दी रेडक्रसको तेहौँ उपशाखा सभा सम्पन्न, ७५ जनाद्धारा रक्तदान

196

सर्लाहीको लालबन्दीमा शनिवार ७५ जनाले रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले आफ्नो तेहौँ उपशाखा सभाका अवसरमा आयोजना गरेको रक्तदान शिविरमा ७५ जनाले रक्तदान गरेका हुन् ।

डुमडुमे बचत तथा ऋण सहकारी संस्था लालबन्दीसँग समन्वय गरी आयोजना गरिएको रक्तदान शिविरमा सङ्कलित रगतमध्ये ५० पोका रगत रक्तसञ्चार केन्द्र बर्दिवास र २५ पोका रगत रक्तसञ्चार केन्द्र मलंगवालाई प्रदान गरिएको रेडक्रस उपशाखा लालबन्दीले जनाएको छ ।

यसैबीच लालबन्दीमा शनिवार नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीको १३ औँ उपशाखा सभा सम्पन्न भएको छ । लालबन्दी नगरपालिका–७, स्थित जानकी माध्यमिक विद्यालयमा रेडक्रसका उपशाखा सभापति धु्रवप्रसाद घिमिरेको अध्यक्षता एवं प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा उपशाखा सभा सम्पन्न भएको हो ।

कार्यक्रममा लालबन्दी नगरपालिका–७, का वडाध्यक्ष सुरेन्द्र न्यौपाने, रेडक्रसकी जिल्ला उपसभापति भवानी कोइराला, लालबन्दी उपशाखाका संस्थापक अध्यक्ष नारायण राज जोशी, उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशी, बाल संरक्षण संस्था लालबन्दीकी अध्यक्ष राधा घिमिरे, बाल संरक्षण संस्थाकै उपाध्यक्ष मुना उपाध्याय, लालबन्दी बहुउदेश्यीय सहकारी संस्था लालबन्दीका अध्यक्ष भानुभक्त बराल लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा रेडक्रसका आजिवन सदस्य मन्जु कोइराला र गंगालाल कर्णलाई सम्मान गरिएको छ ।