सर्लाहीमा पनि मनाइयो जनयुद्ध दिवस

404
कार्यक्रममा उपस्थित अतिथिहरु ।

लालबन्दी – जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा सर्लाहीमा पनि बिहिवार श्रद्धाञ्जली कार्यक्रम गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लालबन्दी नगरपालिकाको सभा हलमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरी ‘जनयुद्ध दिवस’ मनाएको हो । नेकपाका सर्लाही जिल्ला अध्यक्ष रेवती पन्तको अध्यक्षतामा आयोजित कार्यक्रममा जिल्लामा उपलब्ध केन्द्र तथा प्रदेशका नेता, पार्टीबाट निर्वाचित जनप्रतिनिधि र स्थानीय नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।
‘जनयुद्ध दिवस’ कै अवसरमा बिहिवार सर्लाहीको बागमती नगरपालिकाले सार्वजनिक बिदा समेत दिएको थियो ।