लालबन्दी नगरपालिका भवनको शिलान्यास

135
नगरपालिका भवनको शिलान्यास गर्दै लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्का । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको उत्तरी भेगस्थित लालबन्दी नगरपालिका कार्यालय भवनको बिहिवार शिलान्यास गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गस्थित मरिण जाने चोकबाट उत्तर लालबन्दी नगरपालिका–८, मा निर्माण गर्न लागिएको भवनको लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले शिलान्यास गरेका हुन् । आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी भवन निर्माण कार्य सुरु गरिएको लालबन्दी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष राजनकुमार श्रेष्ठले बताए । भवन निर्माणका लागि हिना कष्ट्रक्सनले एक करोड नौ लाख रुपैयाँमा ठेक्का सकार गरेको छ । वडाध्यक्ष श्रेष्ठका अनुसार नयाँ बन्ने भवनमा तल्लो तलामा हलसहितको तीन कोठा र माथिल्लो तलामा चार कोठा रहने छ ।

नगरपालिकाको भवन निर्माणका लागि स्थानीय पूर्णबहादुर श्रेष्ठले स्वर्गिय बुवा रामबहादुर श्रेष्ठ र आमा धनमाया श्रेष्ठको नाममा पाँच कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका वडाध्यक्ष श्रेष्ठले बताए यसअघि लालबन्दी नगरपालिका–८ मै निर्माण सुरु गरिएको नगरपालिका भवनको निर्माण कार्य गर्दा गर्दै ठेकेदार फरार भएपछि त्यही ठाउँमा नयाँ भवन निर्माण कार्य सुरु गरिएको हो ।