लालबन्दीमा भारतीय मोटरसाईकलको ठक्करबाट एक बालक गम्भिर घाईते

483
मोडेल अस्पतालमा उपचाररत अवस्थामा घाईते बालक । (तस्बिर : उज्यालो अभियान)

लालबन्दी – सर्लाहीको लालबन्दीमा भारतीय मोटरसाईकलको ठक्करबाट आज (शुक्रबार) बिहान एक बालक गम्भिर घाईते भएका छन् ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय बीआर ३० एम ७००३ नम्बरको मोटरसाईकलको ठक्करबाट लालबन्दी नगरपालिका–५, रन्जितपुर निवासी विनोद चौधरीको छोरा ७ वर्षीय आयुस चौधरी गम्भिर घाईते भएका हुन् । विणा चलचित्र हल छेउमा पूर्व–पश्चिम राजमार्ग काट्ने क्रममा बालकलाई मोटरसाईकलले ठक्कर दिएको प्रहरीले जनाएको छ । लालबन्दी मोडेल अस्पतालमा प्रारम्भिक उपचार पश्चात बालकलाई थप उपचारका लागि जनकपुर स्थित मिहिलाल सिटी हस्पिटल पठाईएकोे छ । मोटरसाईकल चालक चन्द्रनगर गाउँपालिका–९ निवासी २१ वर्षीय नागेन्द्र साहलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
मोडेल अस्पतालमा उपचाररत अवस्थामा घाईते बालक । (तस्बिर ः उज्यालो अभियान)