ईश्वरपुरमा ७ वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता बाँडिने

150

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिकामा अबदेखि विभिन्न ७ वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता लगायत बाल पोषण भत्ता वितरण गरिने भएको छ ।

शुक्रवार नगरप्रमुख मनोजकुमार देवकोटाको अध्यक्षतामा बसेको नगर स्तरीय सामाजिक सुरक्षा समन्वय समितिको बैठकले विभिन्न बैंकहरुलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मेवारी दिएको हो । जसअनुसार वडा नं. १ र २ मा एन.सी.सी. बैंक, वडा नं. ३ र ६ मा प्रभु बैंक, वडा नं. ४ र १५ मा सांग्रिला बैंक, वडा नं. ५, ८ र ९ मा नेपाल बैंक लिमिटेड, वडा नं. ७ र १२ मा कृषि विकास बैंक, वडा नम्वर १० र ११ मा सहार विकास बैंक र वडा नं. १३ र १४ मा एन आई सी. एसिया बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गरिने भएको छ । यि सातै बैंकले सम्वन्धित वडासँग समन्वय गरी वडाकै केन्द्रबाट सामाजिक सुरक्षा भत्ता एवं बाल पोषण भत्ता वितरण गर्ने नगरप्रमुख मनोजकुमार देवकोटले जानकारी दिए ।