श्रममन्त्री यादव आज गृह जिल्ला आउँदै

213

हरिवन – सर्लाहीको हरिवन नगरपालिका–१, चुरे क्षेत्रमा पर्ने ऐतिहाँसिक एवं धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको कैलाशपुरी शिवेश्वर महादेव मन्दिर परिसरमा आज (बिहिवार) बाट शिवपुराण ज्ञान महायज्ञ सुरु हुँदै छ ।

महायज्ञको आज मध्यान्ह सर्लाही निवासी क्षेत्र नम्वर ३ का प्रतिनिधि सभाका सांसद समेत रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले उद्घाटन गर्दै छन् । मन्त्री रायको उपस्थितिमा उद्घाटन हुन लागेको कार्यक्रमको सबै तयारी पुरा भएको आयोजकका फणिन्द्र अधिकारीले जानकारी दिए । जिल्लाकै प्राचिन कलात्मक ऐतिहासिक शिवेश्वर महादेव मन्दिर पुनर्निर्माण गर्ने उद्देश्यले आजबाट शिवपुराण महायज्ञ आयोजना गरिएको हो । आजबाट फागुन १० गतेसम्म चल्ने महायज्ञमा युवा पण्डित नेपाल जननीका प्रथम बालव्यास नवराज पोखरेलले कथावाचन गर्नेछन् ।