एभरेष्ट र रकभेल भिड्दै

114

लालबन्दी – सर्लाहीको लालबन्दीमा जारी बेसिक लेबल इन्टर स्कुल रनिङ शिल्ड फुटबल टुर्नामेन्टमा उपाधिका लागि रकभेल आवासिय विद्यालय लालबन्दी र एभरेष्ट आवासिय विद्यालय लालबन्दीले खेल्ने भएका छन् ।

मंगलवार अन्तिम सेमीफाइनल खेलमा आइडीएल आवासिय विद्यालयलाई २–० ले पराजित गरी फाइनलमा प्रवेश गरेको हो । रकभेल र एभरेष्टले उपाधिका लागि आज (बुधवार) लालबन्दी नगरपालिका–६, स्थित खेल मैदानमा खेल्ने छन् । प्याब्सन एरिया सीमा आवद्ध १८ वटा विद्यालयको सहभागितामा जारी प्रतियोगिताको बिजेता विद्यालयले रनिङ शिल्ड प्राप्त गर्ने छ ।