लालबन्दीमा कपडा बैंक स्थापना

265


सर्लाहीको लालबन्दीमा शनिवार बाट कपडा बैंक सञ्चालनमा ल्याइएको छ । यस क्षेत्रका अति विपन्न तथा असहायहरुलाई सहयोग गर्ने उद्देश्यले लालबन्दी बजारस्थित डुमडुमे मन्दिरदेखि दक्षिणपट्टी कपडा बैंक खोलिएको हो ।
कपडा बैंकको शनिवार बिहान लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले उद्घाटन गरे । कपडा बैंकमा मनकारी व्यक्तिहरुले प्रदान गरेको कपडाहरु जम्मा गरेर विपन्न तथा असहायहरुलाई प्रदान गरिने अभियन्ताहरुले बताएका छन् । लालबन्दी सिटी जेसिजले उद्योग वाणिज्य संघ लालबन्दी लगायत अन्य संस्थासँगको समन्वय तथा सारथी युवा क्लबसँगको व्यवस्थापनमा कपडा बैंक स्थापना गरेको हो ।
युवाहरुको पहलमा सर्लाहीमा यसअघि सदरमुकाम मलंगवामा र हरिवनमा पनि कपडा बैंक सञ्चालनमा ल्याइएको छ ।