चिनी उद्योगको प्रदुषण विरुद्ध आन्दोलन : माग सुनवाई नभए अनसन बस्ने वडाध्यक्ष रेजाको चेतावनी

1253


सर्लाहीको हरिवन नगरपालिका–११, का वडाध्यक्ष शेष महबुब रेजाले स्थानीय वासिन्दाको माग सम्वोधन नभए चिनी उद्योगविरुद्ध आमरण अनसनमा बस्ने चेतावनी दिएका छन् ।

पूर्व–पश्चिम राजमार्गस्थित इन्दुशंकर चिनी उद्योगको धूलो, धूँवा तथा दुर्गन्ध नियन्त्रणको माग गर्दै स्थानीय वासिन्दा केही दिनदेखि आन्दोलित भई उद्योगमा धर्ना दिइरहेका छन् । तर स्थानीयको माग सम्वोधन गर्न उद्यागले चासो नदिएको भन्दै वडाध्यक्ष रेजाले आफै अनसनमा बसेर भएपनि उद्योगको ध्यानार्षण गराउने तयारी गरेका हुन् ।

आज (सुक्रवार) बेलुकासम्ममा पनि स्थानीयको मागमा उद्योगले कुनै चासो नदिए आफू आमरण अनसनमा बस्ने वडाध्यक्ष रेजाले उज्यालो अभियानसँग बताए । स्थानीय वासिन्दाको आन्दोलनमा सहभागी भई हरिवन नगरपालिकाकी उपप्रमुख रेणुका पौडेल र वडाध्यक्ष रेजाले ऐक्यवद्धता जनाउँदै आएका छन् ।

चिनी उद्योगको प्रदुषणले घर–गाउँ कुरुप बन्नुका साथै दुर्गन्धित भई बस्नै नसक्ने अवस्था आएको स्थानीय वासिन्दाले गुनासो गरेका छन् ।