६० परिवारलाई कम्बल वितरण

341


सर्लाहीको बागमती नगरपालिका–३, जिरायतमा आयआर्जन न्यून रहेका ६० परिवारलाई कम्बल वितरण गरिएको छ ।

यूएईमा कार्यरत नेपालीले गठन गरेको इन्टरनेशनल नेपलिज् आरटिष्ट सोसाइटी (इनास) ले जिरायतका अति विपन्न, सुकुम्वासी, दलित, असहाय र वृद्धबृद्धालाई एक–एक थान कम्बल प्रदान गरेको हो । संस्थाका पदाधिकारी र संस्थासँग नजिक रहेर यूएईमा विभिन्न सांगीतिक प्रस्तुति दिनुहुने कलाकारहरुको उपस्थितिमा चिसो प्रभावित परिवारलाई कम्बल वितरण गरिएको दुबईमा बसेर फर्किएका जरायत निवासी युवा भीम लामाले जानकारी दिए ।

इनासका एसिया संयोजक लोकराज अधिकारी, नायक श्रीदेव भट्टराई, नायिका खुश्बु खड्का, चलचित्र पत्रकार शान्तिप्रिय, गायिका भूमिका साह लगायतको उपस्थितिमा कम्बल वितरण गरिएको स्थानीय युवा नवराज अधिकारीले बताए ।